हेटौंडामा सिजीका आरजीबी प्यानल लाईट सार्वजनिक

Advertisement

काठमाडौं ।चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्रीवितरण गर्दै आइरहेको छ । 

यही क्रमलाई निरन्तरता दिँदै ईओएल प्रालिद्वारा वितरित सिजी इलेकट्रिकका सामानहरु (एलईडी बल्ब, स्विच, सकेट, एमसिबी, पनेल लाइट, सबमिटर, मोडुलर/सेमी मोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पङ्खा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्रीवितरण गर्दै आएको छ । 

Advertisement

कम्पनीले यस विधामा, सिजीका आरजीबी प्यानल लाइट पनि थपेको छ । यसको लागि हेटौँडामा चैत्र २० गते सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजित गरेको कम्पनीले जनाएको छ । ब्राण्डको लागि मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको छ । कार्यक्रममा ब्राण्डका विक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तवलगायतको उपस्थिती रहेको थियो । सिजीका आरजीबी प्यानल लाईट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिङ, २४ महिनाको वारेन्टी साथै सिजीको क्वालिटीको ग्यारेन्टी छ ।  

चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले सिजी इलेक्ट्रिक ब्राण्डको नेपालमा विक्री–वितरण मार्केटिङ, ब्राण्डिङ गर्दै आईरहेको छ ।

Advertisement

Advertisement