बीमा समितिले सीए, तथ्यांकशास्त्री, सुचना प्राविधिकलाई नियुक्त गर्यो

Advertisement

काठमाडौं । बीमा समितिले पाँच जना कर्मचारी थपेको छ । समितिमा दुई जना चार्टड एकाउन्टेन्ट,(सीए) एक जना तथ्याकंशास्त्री तथा दुई जना सूचना प्रविधि कर्मचारी थपिएका हुन् ।

अति आवश्यक भएपछि विज्ञ सेवा करारमा कर्मचारीहरू नियुक्ति गरिएको समितिले जानकारी दिएको छ । अझै तीन जना कर्मचारीको अभाव रहेको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमन पौडेलले बताए । 

Advertisement

स्नातक वा स्नाकोत्तर तह पास गरेका कर्मचारी कृषि शाखामा आवश्यक रहेको समितिले जनाएको छ । अहिले बीमा समितिमा ७२ जना कर्मचारी कार्यरत छन् । समितिमा ८४ जना कर्मचारी दरबन्दी रहेको छ ।

पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अहिले हामीले चाटर्ड एकाउन्टेन्ट थपेका छौं, उहाँहरूबाट हामीलाई आगामी दिनमा तथ्यांक तयार गर्न मद्दत पुग्छ । यसरी नै बीमा समितिले सूचना प्रविधिमा पनि थप राम्रो गर्दै जानेछ । हाम्रो उद्देश्य हाम्रा तथ्यांक अझै राम्रा बनुन भन्ने हो ।’ 

Advertisement

Advertisement