विदेश जाने नेपालीको संख्या घट्यो, रेमिट्यान्स आय प्रभावित हुन सक्ने

Advertisement

काठमाडौं । कोरोना महामारीपछि नेपालबाट बाहिरिने भन्दा भित्रने नेपालीको संख्या बढी रहेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार कोरोना महामारीको एक वर्षमा विभिन्न देशमा पुगेका ८ लाख ९ हजार ६३७ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारी सुरु भएपनि अप्रिल २०२० देखि मार्च २०२१ सम्मको एक वर्षमा ५ लाख ८८ हजार २३४ जना नेपाली नेपालबाट बाहिरएका छन् ।

तथ्यांक अनुसार कोरोना महामारीका कारण नेपालबाट बाहिरिने भन्दा भित्रनको संख्या बढी देखिएको छ । हालसम्म पनि बाहिरिनेभन्दा भित्रनेकै संख्या बढी रहेको अध्यागन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार कोरोना महामारीपछि पर्यटक आगमन न्यून रहेको छ भने नेपाली आउने बढी र जानेको संख्या पनि घटेको देखिएको छ ।

Advertisement

विभागले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार सन् २०२० को मार्चसम्मा नेपालमा पर्यटक आगमनका साथै नेपालीको आवतजावत बढी हुने गरेको थियो । उक्त महीना नेपालबाट ६५ हजार ३४५ नेपाली बाहिरिएका थिए भने ५५ हजार १४२ मात्रै स्वादेश फर्किएका थिए । गत वर्ष सन् २०२० को अप्रिलदेखि कोरोना महमारी सुरु भएर नेपालले लकडाउन नै गर्न थालेको र अन्तर्राष्ट्रिय स्तरमा पनि धेरैवटा देशले कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेका कारण नेपालबाट बाहिरिने र नेपाल भित्रनको संख्या अहिलेसम्मकै कम भएको थियो । उक्त महिना २०५ जना नेपाली स्वादेश आँदा ३८ जना मात्रै नेपाली बाहिरएका थिए ।

लकडाउन लम्बिदै जाँदा नेपाली आउनेको संख्या बढ्यो भने जानेको संख्या कम भएको देखिन्छ । नेपालबाट विभिन्न कामका लागि विभिन्न मुलुक पुगेका नेपाली फर्कने तर जानेको संख्या भने घट्नु भनेको यसले नेपालको रेमिट्यान्स आएमा दीर्घकालिन प्रभाव पार्न सक्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन बताउँछन । उनका अनुसार कोरोनापछि नेपालमा रेमिट्यान्समा विस्तारै असर गर्न सक्ने देखिइसकेकोले नेपाली जाने घट्नु र आउने मात्रै बढ्नुले बेरोजगारी बढाउनुका स साथै रेमिट्यान्स आयमा असर गर्न सक्ने बताउँछन् ।

नेपालबाट बाहिरीनेको सख्ंया नै कम हुन र भित्रने मात्रै बढ्नु भनेको दीर्घकालिन रुपमा हुने आम्दानीमा असर पर्नु भएको टण्डनको तर्क छ । उनले यसको प्रत्यक्ष असर रेमिट्यान्स मै पर्छ । आउनेको संख्या बढीरहने र अहिलेकै जस्तो बाहिर जाने संख्या भने कम हुने हो भने हालसम्म उल्लेख्य मात्रामा घटेको नदेखिए पनि आगामी दिनमा भने अर्थतन्त्रलाई नै असर पर्ने गरी रेमिट्यान्स घट्न सक्ने टण्डन बताउँछन् । बाहिरबाट सीप सिकेर आएका तथा लामो समय काम गरेर फर्किएका नेपाली पुनः नेपाली श्रम बजारमा थपिन नसक्दा बेरोजगारी बढ्ने भएकोले यसको चिन्ता सरकारले लिनुपर्ने उनको तर्क छ ।

दुई वर्ष अगाडि मलेसियामा नेपालबाट श्रमिक जान नै समस्या भएको थियो । एक वर्ष अगाडि श्रमिक पुनः जान सुरु भएको मात्रै के थियो कोरोना महामारी सुरु भयो । जहाँ मान्छे विदेश जान्छन् त्यहीँबाट कमाएर नेपाल पठाउने भएकोले स्वभाविक रूपमा नेपालबाट कम मान्छे बाहिर कामको लागि जान थालेपछि रेमिट्यान्स त घट्ने बुझाइ उनको छ । पछिल्लो तथ्यांक अनुसार मार्च २०२१ मा नेपालबाट ४६ हजार नेपाली नागरिक बाहिरिएका छन भने ४९ हजार स्वदेश भित्रिएको अध्यागमन विभागले उल्लेख गरेको छ ।

यो तथ्यांक अनुसार नेपालबाट जाने भन्दा आउने मान्छे बढी भएपछि स्वभाविक रूपमा नेपालीको कमाई भएन वा काम गर्ने वातावारण भएन र स्वदेश फर्किए भन्ने हो । लामो समय कामदार जाने कम र आउने संख्या बढेको अवस्थामा पक्कै पनि रेमिट्यान्सको भविष्य संकटमा पर्न सक्छ । नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा रेमिट्यान्स आय १०।९ प्रतिशतले बढेको छ । चालू आवको साउनदेखि माघसमम्मको तथ्यांक अनुसार नेपालमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।

यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिमा भने ०।७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.७ प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको पनि राष्ट्र ब्यांकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।५ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको नेपालीको संख्या भने ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको देखिएको छ ।

Advertisement

Advertisement