दल, राजनीति र नेताका समाचार बन्द गरौं, सुन्दा सुन्दा दिग्दार लाग्योः भोजराज पोखरेल

Advertisement

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले दल, राजनीति र नेताको समाचारलाई नदिन मिडियाहरूलाई आव्हान गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्ता समाचार सुन्दा, पढ्दा र हेर्दा दिल्दार लागेको गुनासो गरेका छन् । 

पोखरेल लेख्छन्, ‘दल, राजनीति, नेता आदि समेटिएका विषयलाई कुनै पनि मेडियाले केही समय ठाउँ नदिए केही शान्ति मिल्थ्यो कि जस्तो लाग्न थाल्यो । कति सुन्नु, पढ्नु र हेर्नु यी दिक्दार लाग्दा वैरागी कुराहरु ।’

Advertisement

पोखरेलले आफ्नो पुस्तक बेथितिको जालोमा नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रका बेथितिको उजागर गरेका छन् । पुस्तकमा उनले भारतीय राजदूतसँगको भेटमा राजदूतले नेपालका नेताहरू मन्त्री र प्रधानमन्त्री बनाइदेउ भन्दै आएर दुःख दिने गरेको गुनासो गरेको कुरा उल्लेख गरेका छन् । 

Advertisement

Advertisement