एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच विभिन्न सुविधासहितको प्याकेजमा सम्झौता

Advertisement

काठमाडौं । एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न सुविधा सहितको प्याकेजमा सम्झौता भएको छ । 

बैंक र रिसोर्टबिचएनसीसी बैंकको डेबिटतथाक्रेडिटकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौताभएको हो । 

Advertisement

रिसोर्टले फुडएण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजा कुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । 


देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका सात वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् ।  आठ वटा एक्स्टेन्सन काउन्टर संचालितछन् । यस्तै देशभर जम्मा एक सात वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement