महालक्ष्मी विकास बैंकद्धारा पालुङमा बीमा दाबी रकम हस्तान्तरण

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका बीमाको दाबी भुक्तानी दिएको छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा सो भुक्तानी उपलब्ध गराएको हो ।

साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको छ लाख सात हजार पाँच सय रुपैयाँ बैंकले हकवालालाई हस्तान्तरण गरेको हो ।

Advertisement

थाहा वडा नम्बर १० का स्व. विष्णु मगर र थाहा नगरपालिका वडा नम्बर १ निवासी स्व.देगुमाया बलामीको पाँच लाख २५ हजार हकवाला कल्पना घर्ती र ८२ हजार ५ सय रुपैयाँ हकवाला रविन बलामीलाई प्रदान गरिएको हो । बैकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई चेकमार्फत रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बैकको शाखा प्रबन्धक संगीता बज्राचार्यले कृषि तथा विपन्न कर्जा अन्र्तगत लघु अमृत म्यादी बीमा योजनाका बारेमा जानकारी दिइन । त्यस्तै, बैकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायब प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरूले सहुलियत कर्जा तथा कृषि कर्जाको महत्वमाथि प्रकाश पारे ।

कार्यक्रममा स्थानिय बासिन्दा, जनप्रतिनिधी तथा बैकका कर्मचारीहरूको उपस्थिती रहेको बैकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जानकारी दिए । 


 

Advertisement

Advertisement