सर्वाेत्तम सिमेन्टले १५ बेड क्षमताको अस्पताल निर्माण गरिदिने

Advertisement

काठमाडौं । नवलपरासीस्थित सिमेन्ट उद्योग सर्वोत्तम समेन्टले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकालाई १५ बेड क्षमताको अस्पताल निर्माण गरिदिने प्रतिवद्धता जनाएको छ । 

सुनवलमा आयोजित कार्यक्रममा सर्वोत्तम सिमेन्ट लिमिटेडले नगरपालिकालाई सोसम्वन्धी प्रतिबद्धता–पत्र प्रदान गरेको छ । करिव चार करोड रुपियाँ लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रदान गरे । 

Advertisement

सो अवसरमा अध्यक्ष न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन गरिएको थियो । उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आईसीयू तथा दुई भेन्टिलेटरको पनि सुविधा हुने कम्पनीले जानकारी दिएको छ  । सो दुई तले भवनको निर्माण लागत तीन करोड २५ लाख अनुमान गरिएको छ । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीभारएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग भएको कम्पनीले बताउँदै आएको छ । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्री गरिरहेको छ । 

Advertisement

Advertisement