कुमारी बैंकले १५ शाखाबाट गर्यो सरसरफाई तथा वृक्षारोपण

Advertisement

काठमाडौं । कुमारी बैंकले २० औं वार्षिकोत्सवमा बिभिन्न ठाउँमा सरसफाई तथा वृक्षारोपण गरेको छ । बैंकले प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षणका लागि वृक्षारोपण रोपण कार्यक्रम गरेको हो । 
 
वार्षिकोत्सव बैंकले हरिवन शाखाले चतुर्भुजेश्वोर   महादेव मन्दिर र राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे छ । यस्तै, वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । 

यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश–२ मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

Advertisement

Advertisement

Advertisement