सेयर बजारमा सामान्य सुधार, वित्त समूहका लगानीकर्ताले राम्रो कमाए

Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य सुधार आएको छ । बुधबार सामान्य गिरावट भएको सेयर बजार परिसुचक नेप्से आज २.७४ अंकले बढेर २६७४.३५ अंक कायम भएको छ । 

Advertisement

आज बजारमा छ अर्ब ४७ करोड ३४ लाख १६ हजार रुपियाँभन्दा धेरैको कारोबार भयो एक करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर किनबेच भयो । समूहगत कारोबारतर्फ हेर्दा आज धेरै नाफा गर्नेमा वित्त समूह रहेको छ । वित्त समूहको सेयर तीन प्रतिशतभन्दा बढि (१०६.१३ अंक)ले बढेको छ । 

कुल आठ समूहको सेयर मूल्य बढेको छ भने बाँकीमा गिरावट भएको छ । आज सबैभन्दा धरै गुमाउने समूहमा निर्जीवन बीमा कम्पनी छ । यस समूहको सुचक ६२.६३ अंकले घटेको छ । 

सबै भन्दा धरै कमाउने एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

Advertisement

Advertisement