जनसंख्या भन्दा ४६ लाख बढीको बैंक खाता कसरी खुल्यो ? ५२ लाख नेपालीको दोहोरो खाता

Advertisement

काठमाडौैं । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमास अर्थात पुसम्मको तथ्यांक अनुसार तीन करोड ४६ लाख ७१ हजार ९४९ वटा खाता खुलेको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त विभिन्न बैंक तथा वित्तीय संस्थाबाट खुलेको बचत खाताको तथ्यांकले जनसंख्या भन्दा बढीको बैंक खाता खुलिसकेको देखिन्छ ।

केन्द्रीय तथ्यांक विभागले सन् २०११ देखि २०३१ सम्मका लगि अनुमान गरेको  तथ्यांकलाई आधार मान्ने हो भने अहिले नेपालको जनसंख्या तीन करोड दुई लाख पुगेको छ । हरेक १० वर्षमा गरिने नेपालको जनगणना अब विसं २०७८ मा गर्ने तयारी हुँदै छ । त्यसबेला आउने वास्ताविक तथ्यांक अगाडि अहिलेको करिब तीन करोडकै हाराहारीको जनसंख्यासँग तुलना गर्दा अहिले नै जनसंख्या भन्दा ४६ लाख बढी नेपालीले बैंक खाता खोलिसकेका छन् ।

Advertisement

राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोख्रेल एउटै व्यक्तिले एक भन्दा बढी खाता खोल्न पाइने सुविधा र सेवाप्रदायको संख्या धेरै भएकोले जनसंख्या भन्दा बढीको बैंक खाता हुन पुगेको बताउँछन् । पोख्रेल भन्छन्, ‘राष्ट्र बैंकले केही समय अगाडि गरेको एक सर्वेक्षणले करिब १५ प्रतिशत बैंक खाता दोहोरो भएको अनुमान गरिएको छ ।’ कुल खाता खोलेकामध्ये १५ प्रतिशतको दोहोरो खाता भएको अनुमान गरिएपनि बाँकी ८५ प्रतिशतको भने बैंकमा एउटा मात्रै खाता भएको मान्न सकिन्छ ।

यस्तो सर्वेक्षण अनुसार हाल खुलेका तीन करोड ४६ लाख खातामध्ये ५२ लाख वटा खाता दोहोरो भएको अनुमान गर्ने हो भने पनि जनसंख्या भन्दा बढी नै खाता खुलेको छ । हालको तीन करोड जनसंख्याको तुलनामा  जनसंख्या भन्दा ४६ लाख बढीको बैंक खाता खुलेको पाइन्छ । यो तथ्यांकसँग तुलना गरेर सत् प्रतिशत नेपालीले खाता खोलेका छन् भनेर भन्न चाहिँ भन्न नमिल्ने उनको भनाइ छ ।

एउटै नेपालीलाई विभिन्न बैंकमा खाता खोल्न पाइने सुविधा दिएकोले एक जनाको एक भन्दा बढी खुलेको हो । तर, एउटै व्यक्तिको एकभन्दा बढी कति वटासम्म खाता खुल्यो भनेर चाहिँ  नहेरिएको उनले बताए । राष्ट्र बैंकले अनुमति दिएका फरक फरक बैंकले आआफ्नो हिसावले बजारीकरण गर्ने र ग्राहक आकर्षित गर्न ल्याउने योजनादेखि  विभिन्न नागरिकले आफ्नो अनुकुल अनुसार खाता खोल्न सक्ने भएकोले पनि दोहोरो खाताको संख्या बढेको पोखरेलको भनाइ छ । नमुना अध्ययनको तथ्यांक सानो भएकोले वास्तविक तथ्यांकसँग हेर्दा दोहोरो खाता रहेकाको तथ्यांक अझै धेरै हुनक्ने बुझाई राष्ट्र बैंकको छ ।

तथ्यांक अनुसार क वर्ग अन्तर्गतका वाणिज्य बैंकमा खोलिएको खाता सबैभन्दा बढी छ । नेपालको जनसंख्या बराबरकै खाता नेपालमा रहेका विभिन्न बाणिज्य बैंकहरुको पुगिसकेको छ । हाल अस्थित्वमा हरेको विभन्नि २७ वटा वाणिज्य बैंकसँग मात्रै दुई करोड ९७ लाख ६७ हजार ६५१ वटा रहेको छ । यस्तो खाता विकास बैंकमा ४२ लाख आठ हजार ५४२ र ग वर्गका फाइनान्समा ६ लाख ९५ हजार ७५६ वटा रहेको तथ्यांकमा उल्लेख छ ।

बैंक खातामै अन्तरआवद्धता हुन सक्दैन ?
राष्ट्र बैंकले पछिल्ले समय डिजिटल भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता दिएजस्तै बैंकको खातामा पनि यो सुविधा दिन मिल्छ कि मिल्दैन ? कत्तिको संम्भव छ त ? यही प्रश्नमा नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल भन्छन्, ‘केही समयपछि एक नागरिक एक बैंक खाता बनाउन सकिन्छ । तर अन्तरआवद्धताकै विषयमा भने अहिले नै सोचिएको छैन् ।’ नेपालमा सबै बैंकको शाखा सबै तिर नपुगेको र आम नागरिकलाई अप्ठारो पर्ने गरी कुनै पनि काम गर्न दिन सकिदैँन् ।’

‘बैंकबाट गर्ने कारोबार तथा भुक्तानी सेवाप्रदायकको जस्तो सानो अमाउन्टमा हुँदैन् । ठूलो अमाउन्टमा कारोबार गर्नुपर्ने हुँदा विकृति आउन सक्ने, ठूलो जोखिम हुने र अवैधानिक कारोबारलाई पनि रोक्नुपर्ने भएकोले एउटा बैंको खाता सबैमा प्रयोग गर्न नमिल्दैन् पोखरेले  बताउँछन् ।’ उनका अनुसार तत्कालै एउटै बैंकका खाताबाट सबै बैंकमा कारोबार गर्न दिने विषयमा पनि अहिले सोचिएको छैन् ।

बैंक खाताबाट ठूलो रकम कारोबार हुने र  एउटै बैंकले अर्बौ तरलता राखेर बस्न पनि नसक्ने हुँदा एउटा खाताबाट सबैंमा कारोबार सकिदैन् । यो विषयमा अन्तर्राष्ट्रिय अभ्यास के छ भनेर पनि हेर्नुपर्ने हुँदा अहिले यही हुन्छ भनेर पनि भनिहाल्न नमिल्ने तर्क पोखरेलले दिए ।   

Advertisement

Advertisement