राजश्व उठाउने बैंकको काउन्टर सार्वजनिक विदामा पनि खुल्ला राख्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व उठाउने बैंकका सबै काउन्टरहरू खुल्ला राख्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र नेपाल क्लियरिङ कम्पनीलाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले हरेक त्रैमास समाप्तिको अन्तिम महिनाको २५ गतेदेखि मसान्तसम्ममा जुनसुकै सार्वजनिक विदामा राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा काउन्टर एंवं क्लियरिङसम्बन्धी कार्य गर्ने सबै काउन्टर र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालिन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Advertisement

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिममा राजस्व संकलनका लागि करदातालाई सहज होस भनेर चैत २५ गते देखि ३१ गतेसम्म बैंकिङ काउन्टरहरु खुला राख्न निर्देशन दिइएको हो । 

अब हरेक आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्त, दोस्रो त्रैमास अर्थात पुस मसान्त, तेस्रो त्रैमास अर्थात चैत मसान्त र चौंथो त्रैमास अर्थात असार महिनाको अन्तिम हप्ता २५ गते वा सो भन्दापछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक विदामा पनि बैंक खुला राख्नुपर्नेछ । 

Advertisement

Advertisement