पर्वतारोहण संघमा विवाद, स्रोत सुकेको संस्थामा जान किन मरिहत्ते ?

Advertisement

काठमाडौं । नेपालको पर्वतारोहण क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) मा फेरि कार्यकाल विवाद सुरु भएको छ । पटक पटक पदाधिकारी तथा कार्यकाल विवाद हुँदै आएको यो संस्थामा अहिले तीन वर्षे कार्यकाल पूरा भइसकेपछि कोभिडलाई बहाना बनाएर कार्याकाल लम्बाउन खोजेपछि पुनः संस्था विवादमा तानिएको छ ।

एनएमएको तीन वर्षे कार्यकालमा तीन वटा वार्षिक साधारण सभा सम्पन्न गरिसकेपछि पनि पुनः अर्को वार्षिक साधारण सभाग गरेर कार्यकाल मात्रै लम्बाउने प्रयास गरेको छ । अब हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि अहिलेकै नेतृत्वले पदावधि लम्बाउन विधान विपरित काम गर्न थालेको एनएमएका एक पूर्व अध्यक्ष जिम्मा जाङ्वु शेर्पाको बताएका छन् ।

Advertisement

उनका अनुसार संस्थाको पदावधि तीन वर्षको हुने हुँदा सो अनुसार तीनवटा वार्षिक साधारण सभा सम्पन्न गरिसकेपछि स्वातः निर्वाचन गर्ने र नयाँ कार्यसमिति जानुपर्ने हुन्छ । तर, एनएमए नेतृत्व भने साधारण सभा गर्ने र आफू अनुकुलका मान्छेलाई सदस्यता दिएर अर्को पटक मात्रै निर्वाचनमा जाने तयारीमा हिँडेको उनेको भनाइ छ ।

संघको विधानमा संस्थामा सदस्यले मतदान गर्न एउटा वार्षिक साधारण सभामा सहभागि भएको हुनुपर्ने प्रवधान । सोही अनुसार अहिले आफन्त राखेर साधारणसभा गर्ने र अर्को वर्ष मात्रै चुनाव गरेर नयाँ नेतृत्व ल्याउन लागिएको भन्दै एनएमएका पूर्व पदधाकारीले विरोध गरेका छन् । एनएमएको विधान २०४७ को परिच्छेद ३ दफा १२ (६) मा संघको सदस्यता लिएर एक पटक संघको वार्षिक साधारण सभामा सहभागि भएको सदस्य मात्रै निर्वाचन कार्यक्रममा सहभागि हुन पाउने तथा उमेदवार बन्न योग्य हुने व्यवस्था गरेको छ ।

एनएमएले ११ फागुन २०७७ मै ३० औं वार्षिक साधारण सभा गरेर पदावधि लम्बाउन खोजेको थियो । साधारण सदस्यलाई सूचना नदिइ, बिना एजेण्डको साधारणसभा गर्न खोजिएको भन्दै यसलाई रोक्न पाटन उच्च अदालतमा एक सदस्यले रीट दायर गरेका थिए । अदालतले उक्त रीटमाथि सुनुवाइ गर्दै उक्त साधारण सभा रोक्न निर्देशन गरेको थियो । त्यसपछि पुन ७ चैत २०७७ मा अर्को सूचना जारी गरेर २८ चैतको लागि ३० औ वार्षिक साधारण सभाको सूचना जारी भएको थियो ।

यही साधारण सभामा सहभागि गराउन एनएमए नेतृत्वल २२ जना नयाँ सदस्य १२ चैत २०७७ मा थप गरेको आरोप लागेको छ । अहिलेसम्म संस्थाले करिब ३५० जना नयाँ सदस्य थप गरेको र विधान विपरित गरेको कामको विराधे गर्दे शेर्पाले जिल्ला प्रशासनमा उजुरीसमेत दिइसकेको बताएका छन् । उनको उजूरीको हालसम्म सुनुवाई भने नभएको शेर्पाले बताए ।

कार्यकाल विवाद कसरी ?
एनएमएले तीन वर्षे कार्यकालमा तीन पटक नै केन्द्रीय वार्षिक साधारण सभा गरिसकेको छ । हालको कार्यसमितिको निर्वाचन २१ साउन २०७४ मा याक एण्ड यति होटलमा भएको थियो । पहिलो वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिले २७ औं वार्षिक साधारण सभाबाट चुनिएका पदाधिकारीले ४ भदौ २०७७ मा सपथ लिएका थिए ।

यो कार्यसमितिले होटल एल्लो पेगोडामा १ असोज २०७५ मा २८ औं केन्द्रीय वार्षिक साधारण सभा तथा उक्त कार्यसमतिलेका लागि दोस्रो वार्षिक साधारण सभा भएको थियो । यसले पुनः कार्यकालको तेस्रो बार्षिक साधारण सभा तथा २९ औं केन्द्रीय वार्षिक साधारण सभा ११ असोज २०७६ मा एलिस रिसेप्सनमा सम्पन्न गरिसकेकको छ ।

यही कार्यसमितिले विशेष साधारणसभा पनि तीन पटक नै गरेको छ । १२ असारमा लैनचौर ब्याकेटमा, २७ असारमा नक्साल ब्यांकेट र ८ साउन स्टार ब्यांकेटमा २०७६ मा गरी तीनवटा वार्षिक साधारण सभा गरिसकेको र कार्याकाल पनि सकिएकोले फेरि यही कार्यसमितिले साधारणसभाग गर्न नमिल्ने तर्क र नयाँ नेतृत्व चयनमै जानुपर्ने तर्क शेर्पाको छ । 

नयाँ कार्यसमिति चयन सूचना मात्रै
एनएमएले ११ फागुन २०७७ मै एजेन्ण्डाविनाकै साधारणसभा बोलाएको भन्दै अदालतबाट रद्द गराएको भएपनि पुन चैत ७ मा सूचना जारी गरेर अर्को मिति तय गरेको छ । ११ फागुनको ३० औं केन्द्रीय वार्षिक साधारण सभा विवादकै कारण स्थागित भएकोले फेरि २८ चैत (शनिवार)लाई नयाँ मिति राखेर  बोलाएको संघले जानकारी दिएको छ । संघले साधारण सभाको एजेन्डामै वार्षिक प्रतिवदेन प्रस्तुतिसहित संघको आगामी नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने भन्ने उल्लेख गरेको छ ।

तर, संघका अध्यक्ष सन्तवीर लामाले भने गत असारमै गर्नुपर्ने साधारण सभा कोभिडका कारण लम्बिदै गएर चैतमा आइपुगेको बताए । उनले भने ‘साधारण सभा एक कार्यकालयमा तीन पटक गर्ने भन्ने हुँदैन्, विधानले यति नै पटक गर्नुपर्छ भनेको पनि छैन् ।’ उनले भने ‘अनुकुल अनुसार तीन पटक वा पाँच पटक जति गरे पछि हुन्छ ।’ हरेक वर्ष साधारणसभा गर्नै पर्ने भए अहिले ४८ औं वार्षिक साधारणसभा हुनुपर्नेमा भर्खर ३० भएको तर्क पनि अध्यक्ष लामाको छ ।

विधानले गर्ने नमिल्ने भनेको अवस्थामा बाहेक हामीले संस्थाको गतिविधि नबढाएको पनि लामा बताउँछन् । पर्वतारोहण संघले जारी गरेको सूचनामा भोली शनिबार ३० औ केन्द्रीय वार्षिक साधारण सभा गर्दै छ । साधारण सभाको एजेन्डामा नयाँ कार्यसमिति चयन भनिएको भएपनि अहिले कोरोना महामारीका कारण नयाँ कार्यसमिति चयन नगर्ने र एक वर्ष पछाडि सार्ने गरी गृहकार्य भएको पनि एनएमएका अध्यक्ष सन्तवीर लामाले बताए । उनका अनुसार असारसम्म मै गर्नुपर्ने साधारण सभालाई अलिहे गर्न खोजिएको तर नबुझ्नेहरूले विरोध गरेको पनि लामाको भनाइ छ ।

सदस्यता विवाद 
आठ हजार मिटर अग्लो संसारको जुनसुकै हिमाल आरोहण गर्ने आरोहीले एनएमएको सदस्य हुने व्यवस्था छ । यस अघि हिमाल आरोहणमा रुची भएका र लेख रचना लेख्ने र क्रियाशील व्यक्ति सहितले संस्थाको सदस्यता लिन पाउने व्यवस्था थियो । यो संस्थामा स्रोत सदस्यको रुपमा एउटा एनएमएको कुनै एक हिमाल बिक्री गरेको व्यवसायी सदस्य हुन पाउँछन् । यस्तो व्यवसायीले एकपटक पीक बेचेपछि सदस्य पाउने व्यवस्था छ । एनएएमएमा करिब १२ सय सदस्य छन् । 

आरोहण गर्ने, पर्यटन पत्रकारिता, वातावराणविदसहितले पनि संस्थाको सदस्य हुन पाउने व्यवस्था छ । पछिल्लो समय एनएमए नेतृत्वले आफूखुशि सदस्यता वितरण गरेर एउटा साधारण सभामा सहभागि गराउन खोजेको आरोप लागेको छ । संघले हाल निर्वाचन गर्नुपर्ने समयमा निर्वाचन नगर्नु पनि आफू अनुकुल सदस्य नियुक्त गर्ने र अर्को पटक आफ्नै पक्षमा नतिजा ल्याउन खोजेको अरोप पूर्व अध्यक्ष शेर्पाको छ ।

लोभ आर्थिक स्रोत परिचालनमा
एनएमएले हाल २७ वटा हिमाल आरोहणको रोयल्टी संकलन गर्ने गर्छ । मुलुक संघीयतामा जानु अघि सबै रोयल्टी संस्थाले एकलौटी प्रयोग गर्न पाउने थियो । संघीयतापछि सरकारले रोयल्टी उठाउने जिम्मा संस्थाबाट खोसेको थियो । संस्थाले केन्द्र र स्थानीय सरकारलाई रोयल्टी दिने सर्तमा यसको रोयल्टी उठाउने जिम्मा एनएमएलाई नै फिर्ता भने ल्याएको छ ।

रोयल्टी उठाउने निर्णयमा २५ प्रतिशत सम्बन्धित हिमाल भएको गाउँपालिकालाई, अर्को २५ प्रदेशलाई, ५ प्रतिशत माउन्टेन एकेडेमीलाई र बाँकी ४५ प्रतिशत मात्रै एनएमएलाई दिने व्यवस्था छ । एनएमएले पाउने रकममा पनि १५ प्रतिशत प्रशानिक खर्च गर्ने र बाँकी ८५ प्रतिशत रकम पर्वतीय पर्यटनमा क्षमता विकासको तालिमसहतिको काममा खर्च गर्न पाउने सर्त तोकिएको छ ।

एनएमएले हाल वार्षिक १० करोडको हाराहारीमा रोयल्टी संकलन गर्ने गरेको छ । पछिल्लो समय भने कोरोनाका कारण एक वर्षदेखि यसको स्रोत सुकेको छ । एनएमएका अध्यक्ष लामा भने संस्थामा कुनै वदमासी नगरेको र विधान विपरित नभएको दाबी गर्दै गर्छन् । लामा भन्छन्, ‘कुनै गल्ती कमजोर भएको भए औंला  ठड्याउँन आग्रह गर्छु ।

स्थाको साधारण सभा रोक्ने काम गर्नुे, कुनै व्यक्तिको स्वास्र्थमा लाग्ने र पहिलो देखि नै संस्थाको सतप्रतिशत स्रोत प्रयोग गर्न रमाएकाहरूले गरेको विरोध मात्रै गरिनु हुँदैन् ।’ उनले संस्थामा कुनै अनियमिता भएको र आफूले आर्थिक गतिविधिमा तलमाथि गरेको प्रमाणित गर्न र अख्तियारमा नै मुद्दा हाल्न पनि चुनौति दिएका छन् । लामा पदको लोभी नभएकोले नै एक पटक संस्थाको अध्यक्ष भइसकेपछि फेरि दोहोर्याएर पुनः उठ्न नपाउने व्यवस्था विधानबाटै गरेको पनि लामाल बताए ।
 

Advertisement

Advertisement