गोर्खाज फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीले तोके बुक क्लोजको मिति

Advertisement

काठमाडौँ । गोर्खाज फाइनान्सको २६औँ वार्षिक साधारण सभा २०७८ साल बैशाख २१ गते हुने भएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले भौतिक उपस्थिति तथा भिडियो कन्फरेन्स माध्यमबाट बिहान ११ बजे अम्रपाली ब्याङ्केट काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले बताएका छन् । 

साधारण सभा प्रयोजनका लािग बैशाख ६ गतेदेखि २१ गतेसम्म शेयर नामसारी दाखिला खरेज बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको छ । साधारण सभामा नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर केही पनि प्रस्ताव नगरिइको कम्पनी सचिव श्रेष्ठले बताए । कम्पनीको हाल कायम चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपियाँ रहेको छ । 

Advertisement

यता, जनरल इन्स्योरेन्स कम्पनीले तेश्रो वार्षिक साधारण सभा प्रयोजनका लागि २०७८ बैंशाख १० गतेदेखि २६ गतेसम्म शेयर दाखिला खारेज दर्ता किताब बन्द(बुक क्लोज) गर्ने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव रामप्रसाद पौडेलले बताए । 

बैशाख २६ गते केन्द्रीय कार्यालय हात्तीसारमा बिहान ११ बजे साधारण सभा गर्ने यसअघि नै निर्णय भएको थियो । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गरिने कम्पनी सचिव पौडेलले बताए । 
 

Advertisement

Advertisement