दुई करोड ७१ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ करोड ७१ लाख ९८ हजार ८ सय ३३.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यो साता २ वाणिज्य बैंक, २ फाइनान्स र २ जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

यसैक्रममा गत सोमबार बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १ लाख २७ हजार ५ सय ७५ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ७.३७ प्रतिशत बोनस बापत प्रदान गरेको ६ लाख १० हजार ९ सय ९८.७९ कित्ता शेयर पनि सोमबारनै नेप्सेमा सूचीकृत भएको थियो । सोही दिन ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ५ लाख ३५ हजार ५ सय ५४.८० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Advertisement

त्यसैगरी गत बुधबार सिद्धार्थ बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १२ प्रतिशत बोनस बापतको १ करोड १७ लाख ४५ हजार ३ सय २०.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।     

यता गत विहीबार नेपाल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १२ प्रतिशत बोनस बापतको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता सेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको शेयर पनि विहीबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement