देउवा र पौडेलबीच स्टेजमै भएको झगडा सामाजिक सञ्जालमा भाइरल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार एक सार्वजनिक कार्यक्रममा भएको भनाभन सामाजिक सञ्जालमा भाइरल भएको छ । निजामती कर्मचारी युनीयनको आयोजनामा भएको कार्यक्रममा देउवा र पौडेलबीच स्टेजमै झगडा परेको थियो । 

प्रमुख अतिथि र विशेष अतिथिका रुपमा पुगेका देउवा र पौडेल भनाभन भएको थियो । भिडियोमा पौडेल निकै आक्रोसित देखिन्छन् भने देउवा प्रतिरक्षात्मक । केपी ओली नेतृत्वको सरकार नयाँ सरकारका लागि सत्तासमिकरण बनाउने कुरामा देउवा र पौडेलबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । उक्त विवादको रुप आजको कार्यक्रममा देखिएको हो । 

Advertisement

देउवा प्रधानमन्त्री ओलीसँग भित्री सहकार्यमा रहेको देखिन्छन् भने पौडेल कुनै पनि हालतमा पौडेललाई पदबाट हटाउनुपर्ने पक्षमा छन् । देउवाकै आनाकानीका कारण जनता समाजवादी पार्टीले पनि ओलीलाई ढाल्न आनाकानी गरेको पौडेल पक्षको विश्लेषण छ । काँग्रेसले ओलीलाई हटाएर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउने भनेर निर्णय गरे पनि देउवा खुलेर नआउँदा पौडेल आक्रोसित भएका हुन् । 

आजको कार्यक्रममा पौडेलले उपसभापति विमलेन्द्र निधिसँग केहीबेर कुराकानी गरे । त्यसै क्रममा पौडेललाई देउवाले धारे हात लगाएर कडारुपमा बोले । त्यसपछि पौडेल आक्रोसित हुँदै देउवामाथि जाइलागे । उनले पनि धारे हात लगाएर देउवालाई चुनौती दिइरहेको भिडियोमा देखिन्छ । दुवै नेताबीच भनाभनको अवस्था भएपछि निधिले समन्वय गर्ने प्रयास गरेका थिए । 

कार्यक्रममा देउवाको चर्को आलोचना गरेका पौडेलले एमालेको विवादको जोखाना हेर्दाहेर्दै देउवाले एउटा मौका गुमिसकेको तर्क गरेका थिए । 

Advertisement

Advertisement