इमर्जिङ नेपालले ५ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्ने, एनआईसी एशिया बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले रु.१०० अंकित दरका ५ करोड ५५ लाख ६० हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

उक्त आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको  कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement