‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

Advertisement

काठमाडौँ । इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । 

राजधानीमा एक कार्यक्रमका बीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरे । यस योजनामा ५ जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाईल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन् ।

Advertisement

इसेवामा आवद्ध भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुनसम्म जित्न सकिने बम्पर अफर गत फागुन १, २०७६ देखि चैत्र ३०, २०७७ कात्तिक १५ देखि माघ ३० सम्म उपहार योजना  सञ्चालन गरेको थियो । जसमा करिब १ लाख भन्दा बढी इसेवा एजेन्टहरुले सहभागिता जनाएका थिए । 
 

Advertisement

Advertisement