डिशहोमको ‘खुशीको उडान’ योजनामा २ जना विजेता घोषणा

Advertisement

काठमाडौँ । डिशहोमले शुरु गरेको ‘खुशीको उडान’ योजनामा २ जना विजेता घोषणा गरिएको छ । 

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६ गते पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भउको हो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरुमा क्यास आईडी नम्बर ०२५५८१३३९६० र क्यास आईडी नम्बर ०२५१९२५०८८५ हुन् । 

Advertisement

डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।  

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले बार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् । 

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार, हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् । 


 

Advertisement

Advertisement