पत्रकार महासंघमा विपुल नेतृत्वको ११ दलीय गठवन्धन विजयी

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल नेतृत्वको ११ दलीय गठवन्धन विजयी भएको छ । पोखरेल नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनका सदस्य हुन् । 

उनको नेतृत्वमा ११ दलसम्वद्ध विभिन्न पत्रकार संगठनले गठवन्धन बनाएको थियो भने अर्कोतर्फ सत्तारुढ दलनिकट नेपाल प्रेस चौधरीकी नेतृ निर्मला शर्माको नेतृत्वमा अर्को गठवन्धन बनेको थियो ।

Advertisement

शनिबारसम्म प्राप्त अधिकांश मतगणनाको नजिता विपुल नेतृत्वको गठवन्धनलाई प्राप्त भएको छ । पाँच वटा जिल्लाको नजिता आउनुअघिसम्म विपुल पक्षका अधिकांशको विजय सुनिश्चित  भइसकेको छ । 

अध्यक्षमा विपुलले दुई हजारभन्दा बढि मतले अग्रता लिएका छन् । स्वतन्त्ररुपमा अध्यक्ष उठेका गजेन्द्र बुढाथोकीको मत पाँचसय पनि पुग्न सकेको छैन् । जित सुनिश्चित भएसँगै विपुल पक्षीय गठवन्धनले खुसियाली बनाउन थालेको छ । 

निर्वाचन समितिले संभवतः बेलुकीसम्म सबै जिल्लाको नजिता आउने र औपचारिकरुपमा विजयको घोषणा गर्ने जनाएको छ । विपुलको पक्षमा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमालेको माधव नेपाल पक्षीय प्रेस चौधरीसहित ११ दलनिकट पत्रकार संगठनको समर्थन रहेको थियो । 

निर्मलाको पक्षमा भने जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित नौ वटा दलनिकट पत्रकार संगठनको समर्थन रहेको थियो । महासंघमा पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व चयन भएको हो । यस मतदानमा पनि राजनीति प्रभाव निकै बढि देखिएको छ । 

Advertisement

Advertisement