सबै बैंक वित्तीय संस्थाको ब्याजदर अब ‘बैंकब्याज डटकम’मा हेर्न पाइने

Advertisement

काठमाडौं । अब बैंक वित्तीय संस्थाको ब्याजदर कति छ ? भनेर हेर्न बैंक धाउनुपर्ने, फोन गरेर सोध्नुपर्ने वा सम्वन्धित बैंकको वेभसाइट खोल्दै हेर्नुपर्ने अवस्था अन्त्य भएको छ । बैंककै पूर्वकर्मचारी मिलेर बैंकब्याज डटकम नामक वेभसाइट सञ्चालनमा ल्याएका छन् । 

यस पोर्टलमा बैंक वित्तीय संस्थाको ब्याजदर र सोसम्वन्धी जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । पोर्टलमा निक्षेप र ऋण दुवैको ब्याज रहेको छ । 

Advertisement

कुनै पनि बैंक तथा वित्तीय संस्थाको सुचना सजिलै ग्राहकसँग पुर्याउने उद्देश्यले बैंक ब्याजदर डटकम संञ्चालनमा ल्याएको बैंकब्याज डटकमका सञ्चालकहरूले बताएका छन् । यसको नेतृत्व सिर्जा राणाले गरेकी छन् । 

Advertisement

Advertisement