क्ल्च बिनाको हुन्डाई ‘भेन्यु आईएमटी’ नेपाली ग्राहकको रोजाईमा

Advertisement

काठमाडौं । दक्षिण कोरियाको लोकप्रिय अटोमोवाइल ब्राण्ड हुण्डाईको नयाँ एसयूबी ‘भेन्यु आईएमटी’ नेपाली चालकहरूको पनि रोजाईमा पर्न थालेको छ । गियर बदल्नुपर्ने  तर क्ल्च बिनाको गाडि भएकाले यो चालकको रोजाईमा परेको हो । 

क्ल्च थिच्नुपर्ने  परम्परागत गाडिहरूका कारण झन्झट व्यहोर्दै आएका चालक तथा गाडिका पारखीहरूको ध्यान ‘भेन्यु आईएमटी’ तर्फ खिचिएको छ । गियर भएको तर क्लजबिनाको गाडि पहिलो पटक हुण्डाईले नेपालमा भित्राएको हो । 

Advertisement

कम्पनीले नेपालका गाउँ शहरका सडकका लागि ‘भेन्यु आईएमटी’ चलाउन सहज हुने जानकारी दिएको छ । एक महिनाअघि हुन्डाईले ‘भेन्यु आईएमटी’ सेग्मेन्ट नेपालमा भित्राएको थियो । कम्पनीले यस गाडितर्फ नेपाली उपभोक्ताको निकै ठूलो आकर्षण रहेको र धमाधम प्रि–बुकिङ भइरहेको यस गाडिको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जानकारी दिएको छ । 

नेपालको शहरी क्षेत्रमा ट्राफिक जामको समस्या बढ्दो छ । सोही जामकै कारण चालकहरूले क्लचको प्रयोग धेरै गर्नुपर्ने बाध्यता रहेको छ । हुन्डाईको ‘भेन्यु आईएमटी’ चलाउँदा ग्राहकले क्ल्च थिचिरहनुपर्ने सास्ती हुन्न । क्लचका कारण सास्ती भोग्दै आएका चालकहरूले ‘भेन्यु आईएमटी’ चलाउँदा राहात महशुस गर्नेछन् । 

भौगोलिक आधारमा हेर्ने हो भने पनि नेपालका सडकहरूको अवस्था एकै खालको छैन् । चालकले कालोपत्रे भएको र सम्म सडकमा जुनसुकै गाडि सहजै चलाउन सक्छन् । तर हुन्डाईले भित्राएको ‘भेन्यु आईएमटी’ ‘अफ रोड’का लागि पनि उपयुक्त रहेको कम्पनीका वरिष्ठ बिक्री प्रवन्धक दिवाकर रेग्मीको भनाई छ । उनी बिगत एक दशकदेखि लक्ष्मी इन्टरकन्टिनेन्टलमा कार्यरत छन् । 

क्ल्च बिनाको गाडीहरू अन्तर्राष्ट्रिय बजारमा दशकौंदेखि चल्दै आए पनि नेपालमा न्यून थिए । नेपालका लागि यो गाडि बिल्कुलै नयाँ अनुभूति दिनेगरी आएको छ । 

विदेशमा रहँदा क्ल्च नभएका गाडी चलाएका ग्राहकहरूलाई नेपालका क्लच भएका गाडि चलाउँदा समस्या हुने गरेको थियो । उनीहरूले क्लचबिहीन गाडिहरू नेपालमा पनि भित्राउन माग गर्दै आएका थिए । विदेशमा क्ल्चलेस गाडि चलाउने गरेकाहरूले अब नेपालमा पनि क्लचबिहीन हुन्डाईको ‘भेन्यु आईएमटी’ चलाउन पाउने भएका छन् । 

यस्ता छन् ‘भेन्यु आईएमटी’का विशेषता
‘भेन्यु आईएमटी’ हाल पाँच आकर्षक रंगमा उपलब्ध छन् । यसको मूल्य नेपाली बजारमा एसआईएमटीलाई ४४ लाख ९६ हजार रुपियाँ पर्छ भने एसएक्स आईएमटीलाई ५० लाख ५६ हजार रुपियाँ पर्छ । हाल यिनै दुई भेरियन्टमा ‘भेन्यु आईएमटी’ बजारमा उपलब्ध छन् ।

यसमा रहेको इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन (आईएमटी) गियर सिस्टमले गर्दा गियर बदल्दा क्ल्च थिच्नु पर्दैैन  । अन्य गाडिको तुलनामा केही पैसा थप्दा यो गाडि किन्न सकिन्छ । यसमा अटोमेटेड प्रोगामिङ हुन्छ, जस्ले गर्दा क्ल्च नभए पनि आनन्दले गियर परिवर्तन गर्न सकिन्छ ।

१.० टर्वो इन्जिन जडान गरिएको ‘भेन्यु आईएमटी’मा यात्रु क्षमता पाँच जनासम्मको रहेको छ । यसमा छ गियर क्षमता रहेको छ । एन्टिलक ब्रेकिङ सिस्टम (एभीएस) रहेकाले यसलाई आरामले रोक्न सकिन्छ ।

गाडि तीब्र गतिमा चलाउँदा बिना कुनै झन्झट रोक्न सकिन्छ ।  गियर र स्पिड नमिलेमा यसले आवाजबाट संकेत गर्छ । गियर घटाउन बढाउन पनि यसमा सहज ढंगले मिल्छ  । 

अन्य गाडिमा चालकले क्ल्चमा खुट्टा पटक–पटक राख्नुपर्ने भए पनि यस गाडिमा भने क्ल्च थिच्नु नै पर्दैन् । नयाँ प्रविधियुक्त भएकाले ग्राहकहरूले बढि रुचाएको वरिष्ठ बिक्री प्रवन्धक रेग्मीको भनाई छ । 

फाइदा 
क्ल्च नभएका गाडिमा अन्यको तुलनामा केही फाईदाहरू रहेका छन् । यो गाडि चलाउँदा अरुमा भन्दा आनन्द आउँछ । त्यस्तै, माईलेजका लागि पनि यो सेग्मेन्टको गाडि राम्रो रहेको छ । 

गृहिणी, गाडि सिक्दै गरेका नयाँ चालक एवं खुट्टामा समस्या आएका ग्राहकहरूका लागि हुन्डाई ‘भेन्यु आईएमटी’ उपयुक्त साधन हो । 

आगामी दिनमा गाडिको माग धेरै बढ्ने कम्पनीले विश्वास लिएको छ । रेग्मीले कर्पोरेट नेपालसँग भने, ‘नेपाली बजारमा दैनिक यस्ता गाडीको आवश्यकता बढ्दै गएको छ ।’ उनले आफैले समेत टेस्ट ड्राइभ गरेको र अन्य गाडिको तुलनामा ‘भेन्यु’मा विल्कुल नयाँ अनुभव पाएको बताए ।

हुन्डाई ‘भेन्यु आईएमटी’ हाल सिल्भर, रातो, पोलार ह्वाइट, डेनिन ब्लु तथा लाभा अरेन्ज रंगमा उपलब्ध छ । सो गाडि खरिद गर्ने ग्राहकले नेपालमा पाँच वटा कलर छान्न पाउने सुविधा उपलब्ध छ । 

रेग्मीले हुण्डाईको शोरुममा आएर एक पटक चलाएरै ‘भेन्यु’लाई हेर्न ग्राहकहरूलाई आग्रह पनि गरे । कम्पनीले मात्रै हुन्डाई ‘भेन्यु’को बारेमा भन्नेभन्दा पनि ग्राहक आफैले चलाएर हेर्दा राम्रो हुने उनको भनाई छ । 

टर्वो इन्जिन भएकाले राजमार्गमा चलाउन यो गाडि सहज हुन्छ । माइलेज राम्रो दिने तथा ओभरटेकका लागि पनि यो गाडि अन्यको तुलनामा उपयुक्त छ । ‘भेन्यु आईएमटी’को फ्युल ट्यांक क्षमता ४५ लिटरको छ । त्यस्तै, पिकअप पावर १२० सम्म रहेको छ । 

फाइनान्स सुविधाका लागि व्यक्तिगत तथा कम्पनी दुवैको नाममा सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । लक्ष्मी हुण्डाइले नेपालका कुनै पनि हुन्डाई शोरुममार्फत ‘भेन्यु आईएमटी’ खरिद गर्न सकिने जनाएको छ । 

Advertisement

Advertisement