बाह्य प्रभाव, दबाब र प्रलोभनले पूर्वीय दर्शन संकटमा पर्यो’ (हरिद्धार सम्बोधनको पूर्णपाठसहित)

Advertisement

काठमाडौं । गद्दिबिहीन राजा ज्ञानेन्द्र शाहले बाह्य प्रभाव, दबाब र प्रलोभनका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीय संस्कारमा ह्रास आएको बताएका छन् । 

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा आइतबार सम्बोधन गर्दै उनले भनेका छन्, ‘हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र साँस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनी संस्कारमा ह्रास आएको साँचो हो ।’

Advertisement

राजा ज्ञानेन्द्रले धर्म संस्कृति बचाउनुपर्नेमा जोड दिँदै थपेका छन्, ‘हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’ संस्कृतिको रक्षा गर्नुका साथै मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा उनको जोड थियो । 

यस्तो छ सम्बोधनको पूर्णपाठः 

Advertisement

Advertisement