सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सयले बढेर ८९ हजार छ रुपियाँ पुगेको छ । आइतबार यसको मूल्य तोलाको ८९ हजार पाँच सय रुपियाँ थियो । 

यता तेजावी सुनको मूल्य पनि तोलामा एक सयले नै बढेर ८९ हजार १५० रुपियाँ कायम भएको छ । हिजो यसको मूल्य तोलामा ८९ हजार ५० रुपियाँ थियो । 

Advertisement

चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी तोलाको एक हजार २७५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement