प्रभु क्यापिटलले विद्यालय र सामाजिक संस्थालाई दियो १२ थान कम्प्युटर

Advertisement

काठमाडौँ । प्रभु क्यापिटलले आइतबार पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ । 

सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको हो । 

Advertisement

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस् भन्ने उद्देश्यले एक समारोहकाबीच विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।

Advertisement

Advertisement