कोरोना महामारी सुरु भएपछि ब्रोडव्याण्ड इन्टरनेट प्रयोगकर्ता ३५ लाखले बढे

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ब्रोडव्याण्ड प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । ब्रोडव्याण्ड प्रयोगकर्ता ३५ लाख पाँच हजारले बढेको हो । प्राधिकरणको तथ्यांकमा वायर भएको फिक्स्ड ब्रोडव्याण्ड २१.८५ प्रतिशत, वायरलेस फिक्स्ड ब्रोडव्याण्ड ०.७७ प्रतिशत, मोवाइल ब्रोडव्याण्ड ६१.४७ प्रतिशत तथा कुल ब्रोडव्याण्ड ८४.०९ प्रतिशत रहेको छ ।

गत वर्ष चैत महिनामा ब्रोडव्याण्डका प्रयोगकर्ताको संख्या दुई करोड १९ लाख १४ हजार रहेको थियो । पछिल्लो तथ्यांकअनुसार सो संख्यामा वृद्धि भई दुई करोड ५४ लाख १९ हजार पुगेका छन् ।

Advertisement

नेपाल टेलिकम 
नेपाल टेलिकमका ब्रोडव्याण्ड प्रयोगकर्ता कोरोना महामारी सुरु भएयता २२ लाख ३६ हजार तीन सयले वृद्धि हुन पुगेको छ । गत वर्ष चैत महिनामा यस्ता ग्राहकको संख्या एक करोड ६ लाख ७७ हजार रहेको थियो । अहिले टेलिकमका ब्रोडव्याण्ड प्रयोगकर्ता एक करोड २९ लाख १३ हजार रहेका छन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार पछिल्लो समय ब्रोडव्याडको माग बढ्दो छ । उनले कपोर्रेट नेपालसँग भने, ‘एक वर्षको अवधिमा हेर्ने हो भने हाम्रो अप्टिकल फाइबरको बिस्तार राम्रो गतिमा अघि बढेको छ, त्यसरी नै फोरजी बिस्तारलाई पनि तीब्र गतिमा अघि बढाइएको छ ।’

कोरोना महामारीको कारण लकडाउन हुँदा टेलिकमलाई धान्नसमेत गाह्रो हुने गरेर ग्राहकहरूबाट माग आउन थालेको छ । सेवाको गुणस्तर राम्रो बन्दै जानु तथा सरकारी कम्पनी भएको नाताले आफूहरुप्रति ग्राहकहरूको विश्वास धेरै बढेको कम्पनीको दाबी छ ।

एनसेल 
गत वर्ष चैत महिनामा एनसेलको ब्रोडव्याण्ड प्रयोगकर्ता ६७ लाख ४१ हजार एक सय रहेको थियो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार एनसेलको ब्रोडव्याण्डका प्रयोगकर्ता ६८ हजार १७ लाख पाँच सय रहेको छ ।

स्मार्ट टेलिकम
स्मार्ट टेलिकमको गत वर्ष चैत महिनामा ब्रोडव्याण्ड प्रयोगकर्ता दुई लाख ४९ हजार ४४४ रहेको थियो । प्राधिकरणका अनुसार अहिले स्मार्ट टेलिकमका ब्रोडव्याण्ड प्रयोगकर्ता दुई लाख २२ हजार एक सय रहेको छ ।

आइएसपी 
ईन्टरनेट सेवा प्रदायक (आइएसपी)तर्फ गत वर्ष चैत महिनामा मोवाइल ब्रोडव्याण्ड ४२ लाख ४५ हजार ८५४ रहेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार आइएसपी ब्रोडव्याण्ड ५४ लाख ६५ हजार छ सय रहेको छ । 

Advertisement

Advertisement