सेयर बजारमा साढे ७ अर्ब बढीको कारोबार, यी हुन् मूल्य धेरै बढेका ‘टप फाइभ’ कम्पनी

Advertisement

 

काठमाडौँ । सेयर बजार आज बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बजार १७.२० अंकले बढेको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९१.५५ अंकमा उक्लिएको छ । 

Advertisement

नेप्सेका अनुसार आज २१६ कम्पनीका १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढे पनि ट्रेडिङ समूह, होटल्स समूह, हाइड्रोपावर समूह, वित्त समूह, अन्य समूह र इन्भेष्टमेन्ट समूह भने ओरालो झरेका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह १९७.७९ अंक, लघुवित्त समूह १८८.५६ अंक र निर्जीवन बीमा समूह १६३.७६ अंकले बढेका हुन् । 

बजार बढेको दिन आज ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतभन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया लघुवित्तको ९.९६ प्रतिशत, महिला लघुवित्तको ९.९५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८७ प्रतिशत, ज्योति लाइफको ९.८६ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.८० प्रतिशतले बढेको हो । 

आज साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४.४१ प्रतिशतले घाटा व्यहोरेका छन् । एनआईसी एशिया बैंकको उच्च कारोबार हुँदा २५ करोड ३ लाख ७८ हजार ७६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement