‘स्वदेश र विदेशमा लाखौं बेरोजगार भइसके, चमत्कारी सरकार किन हेर्दैन ?’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले कोभिड १९ को प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार, निर्माण, यातायात र सबैभन्दा बढि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका छन् । 

संसदमा सोमबार बोल्दै उनले तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएकाहरूमध्ये पनि लाखौंले रोजगारी गुमाएका छन् भन्दै ती मध्ये कोही नेपालबाट जान नपाएका, कोही नेपाल आएर फर्किन नसकेको बताए । 

Advertisement

थापाले तर, उनीहरूको पुनःस्थापनाको विषयमा केपी ओली नेतृत्वको चमत्कारी सरकारी न केही सोच्छ, न केही गर्छ भने । उनले दक्षिण कोरियामा कामका लागि भाषा परीक्षा पास गरेका १० हजार र प्रतिवद्ध दुई हजार महिनौंदेखि अलपत्र अवस्थामा रहे पनि सरकारले लगातार बेवास्ता गर्दै आएको बताए ।

फिलिपिन्स, माल्दिभ्स, श्रृलंका, म्यानमारका सरकारले जस्तो पहल गरेको भए उनीहरू कोरिया जान पाइसकेका हुन्थे भन्दै थापाले भाषा तथा सीप परीक्षा पास गरेका र घरविदामा नेपाल आएकाहरूलाई कोरिया पठाउने कुरामा सम्वन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन संसदलाई उनले आग्रह पनि गरे । 

Advertisement

Advertisement