बहुमतबाट हटाउन मन छ भने समर्थन फिर्ता लेउ, चाहिएको छैन तिम्रो समर्थन, लैजाउः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई राजीनामा देउ भनेर कति मरिहत्ते गरेको भन्दै नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कडा व्यङ्ग्य गरेका छन् । 

राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा ओलीले आफूले राजीनामा नदिने संकेत गर्दै समर्थन फिर्ता लिन चुनौति दिए । उनले भने ‘समर्थन किन फिर्ता नलिएको रु हटाउन, मसँग बहुमत छ, बहुमतबाट हटाउन मन छ भने फिर्ता लेउ, चाहिएको छैन तिम्रो समर्थन । लैजाउ ।’ राजीनामा माग्दै धेरै नरुन उनको आग्रह छ । 

Advertisement

प्रचण्डले शेरबहादुर देउवालाई भेटेर दाई प्रधानमन्त्री भइदिनुपर्यो भनेर आग्रह गरेको भन्दै ओलीले व्याङ्ग्य गरे । आफ्नो कारणले गर्दा प्रचण्डको पार्टीले केही साँसदहरू पाएको दावी गर्दै आफूले नक्कली जुँगा हालिदिएको बताए । प्रचण्डले नक्कली कुरा गरेको ओलीको भनाई छ । 

‘आफ्नै दुईतिहाईको सरकार ढाल्ने यिनीहरू मिरकासिम हुन् । अन्तरघातीहरू हुन्’, प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ओलीले भने, कुर्सीका नाममा बर्षौंदेखि बखेडा गर्ने काम गरेको बताए । 

उनले प्रचण्ड र माधव नेपाल सफल हुने भए आफूलाई साधारण सदस्यबाट हटाएको बेला सफल भइहाल्थे नि भन्दै आफूले विकासमा अभूतपूर्व काम गरेको जिकिर गरे । ओलीले नेता माधव नेपालको पनि कडा आलोचना गरे । उनले नेकपामा गुटबन्दी स्वीकार गर्दैनगर्ने भन्दै मार्फी मागेर फर्किए उनलाई सम्मानजनक ठाउँ दिने बताए । उनले भने, ‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’ 

Advertisement

Advertisement