एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल

Advertisement

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

उक्त सम्झौतामा दिनेशकुमार पोखरेल (प्रमुख कार्यकारी अधिकृत, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड), मेखबहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) रसचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले गत शुक्रबार हस्ताक्षर गरेका हुन् ।  

Advertisement

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद रु. १०० अंकित दरको सेयर पूँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपियाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ । 

Advertisement

Advertisement