कुमारी क्यापिटलले शुरु गर्यो अनलाइनबाटै डिम्याट खाता सकिने सेवा

Advertisement

काठमाडौँ । कुमारी क्यापिटलले नव बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । 

नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती ब्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएकोे छ ।  साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरी ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ । 

Advertisement

लगानी मेलाबाट यस संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरु द्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन । त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रुपमा लिन सक्नु हुनेछ । 

साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंसमा क्लिक गरी अनलाइन डिम्याटमा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरी हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो  हितग्राही खाता खोल्न सकिने छ । 

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरी निशुल्क गरिएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको  लगानी  ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्ता लाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।  सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला संचालन हुनेछ । 

Advertisement

Advertisement