महामारीमा अति प्रभावित क्षेत्र दीर्घकालिन योजनामा, यसरी बन्दैछन् उड्डयन र पर्यटनमा योजना

Advertisement

काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र अहिले पनि तंग्रिन सकेको छैन् । एक वर्षदेखि महामारीको असर स्वरूप पर्यटन र हवाई उड्डयनसहितका अति प्रभावित क्षेत्र पुनरउत्थान हुन सकेकको छैन् । लामो समय कोरोनको प्रभाव परेको र व्यापारि व्यवसायमा असर परेकोले महामारीपछिलाई दृष्टिगत गरे केही व्यवासायीले भने दीर्घकालिन योजना तर्जुमा गरिरहेका छन् ।

कोरोना महामारीको वेला हवाई क्षेत्र बढी प्रभावितको सूचीमा परेको भएपनि यही महामारीकै समयमा तय गरेको दीर्घकालिन योजना अन्तर्गत निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाउने चरणमा पुगेको छ । यतीले महामारी सुरु भएपनि पर्यटन मन्त्रालयमा अन्तर्राष्ट्रिय उडानको अनुमति माग गरेर प्रस्ताव दर्ता गराएको थियो । सोही प्रस्ताव अनुसार नै यो वायुसेवाले अहिले अन्तर्राष्ट्रिय उडानको आवश्यक तयारी गरिरहेको । हवाई क्षेत्रको नियामक निकाय नेपाल नगारिक उड्डयन प्राधिकरणकाबाट अन्तर्राष्ट्रिय कार्गो

Advertisement

उडानको अनुमति मागेको छ । यो वायुसेवाले उडान अनुमति पाएपछि काठमाडौंबाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने रणनीतिमा छ । यसले काठडौंबाट पूर्वी र पश्चिम एसियाली देशमा उडान गर्ने गरी योजना तयार पारेको छ । यही योजना अनुसार यो वायुसेवाले दुईवटा एटीआर ७२–५०० नामक ७० सिट क्षमताको दुईवटा जहाज थप गर्दै छ । यसको लागि आवश्यक तयारी भइरहेको यती एयरलाइन्सका सीईओ अनोज रिमालले बताए ।

महामारीकै बीचमा यसको काम अगाडि बढेको तथा महामारीकै वेलामा बनाएको योजना महामारी सकिएपछि कार्यान्वयनमा जाने तथा पर्यटकीय गतिविधि बढेपछि सेवा दिन सक्ने बुझाइ सीईओ रिमालको छ ।

दुर्गमको उडान योजना बनाउँदै बुद्ध एयर
निजी क्षेत्रको अग्रणी वायुसेवा बुद्ध एयर आक्रामक बजार विस्तारको योजनामै रहेको छ । कोरोना महामारीको बीचमा यो वायुसेवाले दुर्गम क्षेत्रमा उडान गर्ने गरी तयारी गरिरहेको छ । बुद्ध एयरका वरिष्ठ बजार प्रवन्धक रुपेश जोशीका अनुसार महामारी नियन्त्रणमा आउनेवित्तिकै दुर्गम क्षेत्रमा उडान सञ्चालन गर्ने गरी यशोधरा एयरलाइन्स दर्ता गरेर राखेका छौं ।

अहिले आवश्य प्रक्रिया पूरा गरेर तयारी अवस्थामा रहने गरी बस्ने र महामारी नियन्त्रणमा आएको तीन महिनामा जहाज ल्याएर उडान सञ्चालन गर्ने योजना रहेको पनि जोशीले कर्पोरेटनेपाललाई बताए ।

बुद्धले तयारी गरिरहेको नयाँ वायुसेवा रामेछापको मन्थली र कास्कीको पोखरा विमानस्थललाई आधार बनाएर उडान गर्ने भएको छ । उक्त वायुसेवाले दुर्गम क्षेत्रमा उडान गर्न पहिलो चरणमा दुईवटा जहाज ल्याउने गृहकार्य गरिरहेको जानकारी दिएको छ । दुईवटा सञ्चालन गर्दै गर्ने र अर्को दुईवटा थप गरेर दुर्गममा चारवटा जहाज उडाउने योजना अगाडि बढेको बुद्ध एयरको भनाइ छ ।

दुर्गम क्षेत्रको उडानका लागि बुद्धले अमेरिकी कम्पनी टेक्स्ट्रन एभिएसन इंकको सेस्ना स्काईकुरियर नामक १८ सिट क्षमताको जहाज ल्याउने गरी आवश्यक तयारी थालेको जानकारी दिएको छ । यो जहाज अनुपयुक्त भएको अवस्थामा भने नेपालमा उडान भइरहेको क्यानेडियन जहाज ट्वीनअटर नै ल्याउने तयारीमाा बुद्ध एयर छ ।

फिस्टेल एयर नयाँ वर्षदेखि पुनः उडानमा
एक वर्षदेखि कोरोना महामारीबाटै थन्किएको फिस्टेल एयर फेरि उडानमा प्रयोग हुँदै छ । फिस्टेलले नयाँ वर्षसँगै जहाज उडान गर्ने भएको छ । यो हेलिकप्टर कम्पनीसँग रहेको तीनवटा हेलिमध्ये दुईवटा तत्कालै उडाने र अर्को पनि उडान योग्य बनाउँदै जाने फिस्टेल एयरका प्रवन्ध निर्देशक मनोज कार्की बताउँछन् । महमारी सुरु भएपनि यो हेलिकप्टरले एक वर्षदेखि उडान गरेको छैन् । अब भने उडान सुरु गर्र्दै बजार विस्तारको रणनीति बनाउँदै जाने जानकारी दिएको छ ।

पाँच वटा जहाज थपेर गुण एयरलाइन्स आफ्नै ब्राण्डमा
निजी क्षेत्रको अर्को वायुसेवा कम्पनी गुण एयरलाइन्स सात वर्षपछि आफ्नै ब्राण्डमा फर्कदै छ । सात वर्ष अगाडि दुईवटा जहाज सञ्चालन गरिरहेको यो वायुसेवा सिम्रिकले खरिद गरेर सिम्रिक एयरलाइन्सको ब्राण्डमा उडिरहेको छ । यही वैशाख पहिलो सातादेखि आफ्नै पूरानो ब्राण्ड गुणमा फर्कने र तीन महिनाभित्र यती एयरलाइन्सका पाँच वटा जेटस्ट्रीम जहाजलाई गुणको ब्राण्ड बनाएर उडाउने भएको छ ।

यो वायुसेवाले यतीका पाँचवटा जहाज खरिद गरेको बताएको छ । महामारीकै बीचमा बनेको योजना अनुसार अव यो वायुसेवा बजार विस्तारमा थप आक्रामक हुने भएको जानकारी पनि गुण एयरलाइन्सका बरिष्ठ बजार निर्देशक प्रज्वल थापा बताउँछन् । उनले भने ‘सिम्रिकलाई गुण ब्राण्ड बनाउने काम भइरहेको छ अब छिट्टै यतीसँग खरिद गरेका जहाज पनि गुणबाटै उड्ने भएको छ ।’

महमारीमै थपियो मुस्ताङ हेलिकप्टर
निजी क्षेत्रको अर्को एक नयाँ हेलिकप्टर कम्पनी महामारीकैबीचमा थप भएको छ । यो वायुसेवाले एयर डाइनेष्ट्रिको एक हेलिकप्टर खरिद गरेको छ । यो हेलिकप्टर कम्पनीले थप एक हेलि थप गर्ने र नियमित उडान गर्ने योजनामा छ । यसले एउटा हेलि खरिद गरेर आफ्नो नाममा ब्राण्डिङ गरिरहेको भएपनि सञ्चालनमा ल्याउन भने सकेको छैन् ।

मुस्ताङ हेलिकप्टरका प्रवन्ध निर्देशक रोनन लामिछानेको अनुसार कोरोना महामारी लम्बिदै गएकोले बाहिरबाट हेलि ल्याउन सकिएन् । उनले भने ‘अब हेलि ल्याउने र छिट्टै उडान सञ्चालन गर्ने गरी योजना तय भइसहेको छ ।’

नयाँ होटल थप्दै एमएस ग्रुप
नक्सालमा पाँचतारे र ठमेलमा तीनतारे होटल सञ्चालन गरिरहेको एमएस ग्रूपले महामारीकै बीचमा थप अर्को नयाँ होटल बनाउँदै छ । यो समूहले कमलादीमा नै चारतारे म्यारिओटको अर्को होटल बनाउँदै छ । महामारीले तत्काल अन्य योजना प्रभावित भएकोले अहिले पूर्वाधार तयार गरेर ठीक्क पार्न सकिएको अवस्थामा दीर्घकालिन लाभ लिन सक्ने बुझाई एमएस ग्रूपका अध्यक्ष शशीकान्त अग्रवालको छ ।

अग्रवालका अनुसार अहिले सुरु गरेको योजना पूरा हुन तीन वर्ष लाग्ने र त्यति वेलासम्म महामारी नियन्त्रण भएर पर्यटक आगमन सुरु हुन्छ । त्यसपछि पर्यटकीय सेवाका लागि हाम्रा पूर्वाधार तयार हुन्छन त्यसैले पनि अहिले नै तयारी अवस्थामा बस्नुपर्ने बुझाइ अग्रवालको छ ।

त्यसो छ महामारी सुरु भएपनि आउने तयारी रहेका पर्यटन पूर्वाधार आइ नै रहेका छन् । महामारी लागेपछि कम्तिमा ५÷७ वटा होटल थपिएका छन् भने केहीले तयारी पूरा गरेर औपचारिक सञ्चालन गरेपछि जानकारी भने दिइनसकेको पर्यटन विभागको भनाइ छ ।

विभागका अनुसार महमारी अगाडि देशैभर निर्माण भइरहेका र पर्यटन वर्ष २०२० लाई लक्षित गरेर तयार पारिएको पूर्वाधार छन् । कतिपय होटल तथा रिसोर्ट सञ्चानमा आएपनि अपेक्षा अनुसारको लाभमा छैनन् भने कतिपयले सञ्चालन गर्न नयाँ रणनीति पनि अपनाउन थालिसकेको विभागको भनाइ छ । 
 

Advertisement

Advertisement