नयाँ वर्षको पहिलो दिन शेयर बजारमा उत्साह, नेप्से बढ्दा ८ अर्ब ६३ करोडको कारोबार

Advertisement

काठमाडौँ । नयाँ वर्ष २०७८ को पहिलो दिनको शेयर बजारमा उत्साह देखिएको छ । २०७८ सालको पहिलो दिन बैशाख १ गते नयाँ वर्षको बिदाका कारण शेयर बजार बन्द भएको थियो  भने आज २ गते नयाँ बर्षको पहिलो दिनको कारोबारले बजारमा उत्साह थपेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार २०.६७ अंकले बढेको हो । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ऐतिहासिक उचाई कायम गर्दै २७३५.४६ अंकमा पुगेको हो । 

Advertisement

आज २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपियाँ बराबरको कारोबार भएको हो । 
नेप्सेका अनुसार आज ट्रेडिङ समूह र जलविद्युत समूह मात्रै राताम्मे भए भने बाँकी समूहमा हरियाली छाएको छ । आज विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन् । विकास बैंक समूह सबैभन्दा बढी ९०.१८ अंकले बढेको हो । 

आज बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी बढेको छ । बेस्ट फाइनान्स १० प्रतिशत, एनआईसी एशिया लघुवित्त ९.९५ प्रतिशत, महिला लघुवित्त ९.९३ प्रतिशत, ज्योति लाइफ ९.९२ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक ९.६८ प्रतिशत, छ्याङ्दी हाइड्रो ९.६७ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.६४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ प्रतिशत, सिन्धु विकास बैंक ८.९४ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ८.४३ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताहरुले घाटा व्यहोरेका छन् । मल्टीप्रपोजका लगानीकर्ताहरुले ३.६७ प्रतिशत घाटा व्यहोरेका हुन् । नेप्सेका अनुसार आज एनआईसी एशिया लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को उच्च कारोबार भएको छ । एनआईसी एशिया लघुवित्तको ४९ करोड ८९ लाख ६३ हजार ९ सय ९८ रुपियाँ र निफ्राको ४९ लाख ८७ लाख ३४ हजार २ सय ७३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 


  
 

Advertisement

Advertisement