सीईडीबी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

Advertisement

काठमाडौं ।  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपियाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरको प्राथमिक निष्काशन (आईपीओ) निष्काशन गर्न लागेको हो । 

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आईपीओलाई औसतभन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यता कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सनराइज क्यापिटललाई यसअघि नै दिइएको हो । लमजुङमा दुई वटा जलविद्युत आयोजना निर्माण गरेको यस कम्पनीले आईपीओ निकाष्शन गर्न लागेको हो । 

Advertisement

सीईडीबीले चार दशमलव ४० मेगावाटको राधी विद्युत र शुन्य दशमलव १८ मेगावाटको स्यागे खोला इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरेको छ । कम्पनीले संखुवासभाको मकालु गाउँपालिका– २ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो कम्पनी सन् २००९ मा स्थापना भएको हो । 

आईपीओ निष्काशनपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement