नयाँ वर्षलाई लक्षित गर्दै  भायानेटले ल्यायो ‘भाया सुपर स्पिडी अफर’

Advertisement

काठमाडौं । नयाँ वर्षको अवसर पारेर इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले ग्राहकहरूलाई ‘भाया सुपर स्पिडी अफर’ ल्याएको छ । यो अफर लिने ग्राहकले तीब्र गतिमा इन्टरनेट चलाउन सक्ने कम्पनीको भनाई छ । 

यो सुविधा विगतमा इन्टरनेट चलाईरहेका पूराना ग्राहकले नवीकरण गर्दा तथा नयाँ ग्राहकको हकमा पनि लागू हुनेछ । यस अफरमार्फत ग्राहकले अतिरिक्त शुल्क नबुझाई  थप सय एमवीपीएस बढिको इन्टरनेट स्पिड चलाउन पाउने छन् ।

Advertisement

कम्पनीका वार्षिक ग्राहकहरूले नयाँ बर्षमा इन्टरनेट सुविधा लिँदा यसको स्पिड बढाउन अतिरिक्त शुल्क बुझाउनु पर्दैन । भायानेटको नयाँ अफर अनुसार ग्राहकहरूले ३० एमबीपीएसको ठाउँमा ५० एमबीपीएस, ४० एमबीपीएसको ठाउँमा ७५ एबीपीएस तथा ६० एमबीपीएसको ठाउँमा सय एमबीपीएस पाउने छन् ।

कम्पनीले सो योजना सीमित समयको लागि सञ्चालन हुने जानकारी दिएको छ । 

Advertisement

Advertisement