ओली र ठाकुरबीच भेटवार्ता, सहमतिको खाका तयार पारिँदै

Advertisement

काठमाडौं । प्रधानमत्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । वार्तामा जसपाका माग सम्बोधन र सरकारमा सहभागिताबारे छलफल भएको समाचार छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवै पक्षका कार्यदलका सदस्यहरू सरकारका तर्फबाट सुवाश नेम्वाङ, बिष्णु पौडेल, राजन भट्टराई, जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

Advertisement

कर्णले ओलीसँगको भेटमा अहिलेसम्म भएका कामकारबाहीको समीक्षा भएको बताएका छन् । यद्यपि बैठकमा सरकारमा सहभागी विषयमा समेत छलफल भएको स्रोतको दाबी छ । नेपाली काँग्रेस र माओवादी केन्द्रले ओलीको विकल्प खोज्न प्रक्रिया तीब्र पारेको बेला ठाकुर ओलीलाई भेट्न पुगेका हुन् । भेटपछि कार्यदलको बैठक बसेको छ । बैठकले आज भोलि नै सहमतिको खाका तयार पार्दैछ । जसपा पनि सरकारमा सहभागी हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement