रिद्धि सिद्धि सिमेन्टले ग्राहकलाई शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने

Advertisement

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७८ को अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । 

निर्माण कार्य गर्नुअघि सम्पूर्णलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको थियो ।

Advertisement

कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ । 

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनु पर्ने कम्पनीले जनाएको छ ।   

Advertisement

Advertisement