स्वास्थ्य मन्त्रालयको दृष्टिमा १४ जिल्ला कोरोना जोखिमयुक्त

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) प्रभावित भनेर १४ जिल्लाको नाम सार्वजनिक गरेको छ । ती जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन् । 

मन्त्रालयले अति प्रभावित भनिएका जिल्लाका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन आग्रह गरेको छ । मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

Advertisement

मन्त्रालयको विज्ञप्तिमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न आग्रह गरिएको छ । सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ। 

Advertisement

Advertisement