विद्यार्थीलाई कोरोना देखिए मात्रै एक साता विद्यालय बन्द गर्ने काठमाडौं महानगरको निर्णय

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए मात्रै महानगर क्षेत्रभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको विज्ञप्ति अनुसार संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार काठमाडौंसहित १४ जिल्लामा कोरोना जोखिमयुक्त जिल्लामा राखेको थियो । 

Advertisement

महानगरपालिकाले विद्यालयहरुलाई गरेको परिपत्रमा कोभिड १९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने र सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न पनि अनुरोध गरेको छ । 

Advertisement

Advertisement