एक करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १ करोड ३ लाख २३ हजार ९ सय ५२.७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । १ वाणिज्य बैंक र १ विकास बैंकको उक्त बोनस शेयर यो साता नेप्सेमा सूचीकृत भएको हो । 

यसैक्रममा गत सोमबार सिभिल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको  ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । 

Advertisement

त्यसैगरी गत मंगलबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको ३९ लाख २१ हजार २ सय ४१ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement