राजनीतिक संकट गहिरिएको बेला ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राजनीतिक संकट गहिरिएको बेला प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीका एक सल्लाहकार सूर्य थापाका अनुसार शनिबारका लागि उक्त बैठक बोलाइएको हो । 

कोरोना भाइरसको दोस्रो लहरलाई देखाउँदै बोलाइएको बैठकमा विशेषगरी गहिरिँदो राजनीतिक संकटबारे कुरा हुने अनुमान छ । बैठकमा उपस्थितिका लागि प्रधानमन्त्री ओली आफैले अधिकांश दलका नेताहरूसँग कुरा गरेका छन् । 

उनले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् । पछिल्ला दिनमा सत्ता संघर्ष उत्कर्षमा पुगेको बेला ओलीले सर्वदलीय बैठकको अस्त्र अघि सारेका हुन् । बैठकमा एमालेको माधव नेपाल समूह सहभागी हुने संभावना न्यून देखिन्छ ।