बिशेष अदालतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

Advertisement

काठमाडौँ । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरबाट आजदेखि कारोबार सुरु भएको हो । न्यायाधीश प्रेमराज कार्कीले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।  

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । 

Advertisement

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
 

Advertisement

Advertisement