बीमा समितिले भन्यो- बाल बीमाको पोलिसि ल्याउ, हामी स्वीकृति दिन्छौं

Advertisement

काठमाडौं । बीमा समितिले ‘बाल बीमा पोलिसि’ ल्याउन बीमा कम्पनीहरूलाई सुझाव दिँदै त्यस्तो पोलिसिलाई स्वीकृति दिने आश्वासन दिएको छ । समितिले जीवन बीमक संघलाई डाकेर सो सुझाव दिएको हो । 

बाल बीमा पोलिसिको स्वीकृति विगत एक वर्षभन्दा लामो अवधिदेखि रोकिएको थियो । आगामी दिनमा सबै बीमा कम्पनीलाई समान ढंगले बाल बीमा योजना सञ्चालन गर्न दिन समिति तयार भएको हो ।  

Advertisement

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले विगतमा मन लागेका बीमा कम्पनीको प्रोडक्टलाई सहजै स्वीकृत गर्ने र मन नलागेका बीमा कम्पनीको प्रोडक्टलाई स्वीकृत नदिने गरेको गुनासो गरेका छन् । 

एक बीमा कम्पनीका सीईओले कर्पोरेट नेपाललाई भने, ‘हामीले जमानामा क्रिटिकल इलनेस पोलिसि बीमा समितिमा लगेका थियौं, त्यति बेला समितिले हाम्रो पोलिसि स्वीकृत गरेन् । उनले बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकालमा बिना कारण बीमा कम्पनीका पोलिसि रोकिएको बताए । 

सोही कुराको उदाहरण प्रस्तुत गर्दै ती सीईओले थपे, ‘हामीले पहिलेदेखि स्वीकृतिका लागि बीमा समितिमा पोलिसि लिएर गयौं, । त्यसमा बीमा समितिले ध्यान दिएन् । अहिले बीमा समिति आफैंले बोलाएर त्यही कुरा सोध्दैछ ।’ 

अहिले आएर समितिले ‘तपाईंहरूको बाल बीमा पोलिसि किन रोकिएको थियो ?’ भनेर सोधेको भन्दै उनले सो कुराको जवाफ आफूहरूसँग नभएको बताए । बीमा समितिले गर्ने काममा कम्पनी जवाफदेही नहुने ती सीईओ बताउँछन् । 

यता समितिले लामो समयदेखि एक्चुरीले बीमा कम्पनीहरूको भ्यालुयसनमा समस्या देखाउँदा पनि आफूले सकेसम्म बीमा कम्पनीहरूलाई मिलाएर लान हरप्रयास गरेको जवाफ दिएको छ । 

करिब एक वर्षभन्दा बढिबाट रोकिएको बीमा कम्पनीहरूको बाल बीमा प्रोडक्टका लागि अब भने बाटो खुलेको छ । समितिका अध्यक्ष सूर्य सिलवालले बाल बीमा पोलिसि ल्याउन कम्पनीहरू तयार रहेको  थाहाँ पाएसँगै समितिले सो  प्रोडक्टहरूलाई स्वीकृति गर्न तयार भएका हुन् । 

‘बीमा समितिले अहिले गृह प्रशासनको समेत अनुभव हाँसिल गरेको अध्यक्ष पाएको छ । समस्या त जहाँ पनि हुन सक्छ तर त्यसको समाधानतर्फ लाग्नु नै ठूलो कुरा हो । हामीलाई बीमा समितिको नयाँ अध्यक्षसँग ठूलो भरोसा पनि छ’, एक बीमा कम्पनीका सीईओले भने ।

बीमा समितिले बाल बीमा पोलिसीको बाटो खुलाउनुलाई बीमकहरूले यसलाई सकारात्मक कदमको रुपमा लिएका छन् । 

अभिकर्ताको कर्जा रोक्का 

अभिकर्ताहरूले आफ्नो घर, जग्गा धितो राखेर कर्जा दिँदै आएका थिए । सो कर्जाको अभिकर्ताबाट दुरुपयोग भएको पाइएको भन्दै बीमा समितिले त्यसलाई रोक्का गरेको छ । 

आगामी दिनमा बीमा अभिकर्ताहरूले आफ्नो घर सम्पत्ति धितोमा राखेर कर्जा लिन नपाउँने भएका छन् ।  समितिले बीमा कम्पनीहरूलाई पत्राचार गर्दै अभिकर्ताहरूलाई धितोमा कर्जा प्रवाह नगर्न शुक्रबार निर्देशन दिएको हो । 

समितिले हाल निर्देशन  दिए पनि आगामी असार मसान्तसम्म बीमा कम्पनीहरूलाई कर्जाका वर्तमान समस्या समाधान गर्न केही समय दिइएको छ ।

तर असार मसान्तपछि बीमा क्षेत्रका समस्या समाधान नभए कारबाही प्रकृया पनि अघि बढाउने समितिको तयारी छ । 

Advertisement

Advertisement