माधव नेपाल पक्षधर एमाले साँसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगियो

Advertisement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । उनले शुक्रबार भएको मतदानमा विश्वासको मत लिन सफल भएका छन् । आज भएको मतदानमा एमालेको माधव नेपाल पक्षका सदस्यले फ्लोर क्रस गर्दै माओवादी केन्द्र पक्षका शाहीलाई भोट हालेपछि उनको पक्षमा बहुमत पुगेको हो । 

मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको छ । विपक्षमा १७ मत परेको छ । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरेका थिए । नेकपा एमालेका १७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे पनि प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अम्बर वहादुर थापाले फ्लोर क्रस गरेर शाहीलाई भोट हालेका छन् । 

Advertisement

कुल ३९ जना सदस्य बहालमा रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको सभामुखसहित २०, नेकपा माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् ।

Advertisement

Advertisement