सिभिल बैंकका सीईओ गोबिन्द गुरुङले दिए राजीनामा

Advertisement

काठमाडौँ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् ।

बैंकका उच्च पदस्थ कर्मचारीका अनुसार सीईओ गुरुङले बैशाख १७ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । चार वर्षे कार्यकाल सकिनु अगावै उनले राजीनामा दिएका हुन् । कार्यकाल सकिन ३ महिनामात्रै बाँकी छ । 

Advertisement

गुरुङ डेपुटी सीईओका रुपमा ९ वर्ष अघि सिभिल बैंक प्रवेश गरेका थिए । गुरुङले विद्यावारिधि गर्नका लागि राजीनामा दिएको उल्लेख गरेको बुझिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन्, उनीसँग गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।

Advertisement

Advertisement