नियो डिजिटलले सञ्चालन गर्यो रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर

Advertisement

काठमाडौँ । युवा सफ्टवेयर इञ्जिनियरहरुको सहभागितामा स्थापित कम्पनी नियो डिजिटल प्रालिले मार्केटिङमा सहयोग हुने गरी रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर सञ्चालनमा ल्याएको छ । 

लाइट इसीआरएम नाको उक्त सफ्टवेयरको प्रारम्भ टुर्स एण्ड ट्राभल एजेन्सीबाट गरिएको हो । काठमाडौँमा एक समारोहका बीच यात्रा होलिडे प्रालिका प्रमुख कार्यकारी अधिकृत पदम कट्टेल र नियो डिजिटलका सीईओ सन्देश सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

यो सफ्टवेयर बैंक वित्तीय संस्था, बीमा कम्पनी, होटल, ट्राभल एजेन्सी, ब्रोकर कम्पनी, क्यापिटल मार्केट, होलसेलर, मिडिया कम्पनी सबैलाई उपयोगी हुने गरी बनाइएको छ । 

नियो डिजिटलकै सफ्टवेयर इञ्जिनियर रितेश भट्टराईले केही समयअघि अनलाइन सपिङ सम्बन्धी सफ्टवेय बजारमा ल्याइसकेका छन् । सजिलो मेडस प्रालिले यो सफ्टवेयर सञ्चालन गरिरहेको छ । 

बीमा कम्पनीहरुका अभिकर्ताहरुले सजिलै चलाउन सक्ने सीआरएम सफ्टवेयर र मोवाइल एप्लिकेशन छिट्टै लञ्च गर्ने तयारीमा रहेको  नियो डिजिटलका सीईओ सत्यालले बताए ।  
 

Advertisement

Advertisement