अजोड इन्स्योरेन्सको ‘एग्रेसिभ ग्रोथ’, नौ महिनामै रु. एक  अर्बभन्दा बढि बीमाशुल्क आर्जन

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (पहिलो नौ महिना)मा एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा एक लाखभन्दा बढि बीमितमार्फत सो शुल्क संकलन गरेको हो ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले सामाजिक सञ्जालमार्फत कम्पनीको प्रगति सार्वजनिक गरेका छन् । यस प्रगतिका लागि उनले आफ्ना ग्राहक, सञ्चालक समिति सदस्य, शेयरधनी, नियमनकारी निकाय, बीमा अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् । 

Advertisement

अजोड इन्स्योरेन्सले आगामी दिनमा समेत बीमितबाट यस किसिमको साथ र सहयोगको आशा एवं विश्वास लिएको बताएका छन् । सीईओ खत्रीले कर्पोरेट नेपालसँग भने, ‘म यही अवसरमा सबै बीमितहरूलाई धन्यवाद दिन चाहन्छु, उहाँहरूको विश्वासले नै यो प्रगति सम्भव भएको हो । आगामी दिनमा पनि बीमितको चाहना अनुसार अजोड इन्स्योरेन्सले काम गर्दै जानेछ ।’  

Advertisement

Advertisement