ओलीले फोन गरेर बोलाए पनि प्रचण्ड सर्वदलीय बैठकमा गएनन्,  माधव र प्रचण्डको छुट्टै भेट

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वसलीय बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार गरेका छन् । ओलीले शुक्रबार फोन गरेर बोलाए पनि प्रचण्ड बैठकमा नगएर नेकपा एमालेका निलम्बित नेता माधव नेपालसँग छुट्टै बैठकमा छलफलमा जुटेका छन् । 

शुक्रबार कर्णाली प्रदेश सरकारको विरुद्ध परेको अविश्वासको मतमाथि मतदान हुने क्रममा एमालेका चार नेताले फ्लोर क्रस गर्दै मुख्यमन्त्री रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई मत दिएपछि राजनीति थप जटिल बन्न पुगेको छ । 

Advertisement

मुलुकको राजनीति दिनप्रतिदिन पेचिलो बन्दै गएको बेला प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको दोस्रो लहरको विषयमा छलफल गर्ने नाममा सर्वदलीय बैठक बोलाएका हुन् । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता संसदबाट अनुमोदनका लागि पेश गर्न सरकारमाथि दबाब बढिरहेको बेला सभामुख अग्नि सापकोटाले त्यसलाई प्रस्तुत गर्न आनाकानी गरेपछि ओली दबाबमा परेका छन् । 

सर्वदलीय बैठकमो मुख्य एजेण्डा नै एमसीसी रहेको नेताहरूले बताएका छन् । आजको बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले सरकारलाई असहयोग गरेको भन्दै गुनासो पोखेका थिए । सापकोटाको भूमिकालाई लिएर आलोचना गरेका उनले सभामुख प्रचण्डको गोटी बनेको बताएका थिए । ओलीले सरकारलाई असफल बनाउन सापकोटा लागेको गुनासो गरेको समाचार छ । 

आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी भएका थिए । 

Advertisement

Advertisement