साना उद्योगी व्यवसायीको महासंघले जेठमा महाधिवेशन गर्ने

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा गर्ने जानकारी दिएको छ । महासंघको केन्द्रिय कार्यसमिति बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

Advertisement

बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । कार्यसमितिले महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरण गर्ने पनि निर्णय गरेको छ । 

महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघसँग एकीकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।
परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गरेका थिए । महाधिवेशनबाट महासंघको विधान पनि संशोधन गरिने जानकारी दिइएको छ । 

Advertisement

Advertisement