दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २८ घाइते

Advertisement

नवलपुर । नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घट्नामा २८ जना घाइते भएका थिए । 

मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको समाचार छ । 

Advertisement

Advertisement

Advertisement