संसदमा एमसीसीमाथि भोटिङ हुनुपथ्र्यो, को एमसीसीभक्त रहेछ ? को देशभक्त ? जनताले चिन्थे

Advertisement

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता संसदमा पेश गर्ने आँट नगर्नु अर्थपूर्ण र शंकास्पद रहेको बताएका छन् । कर्पोरेट नेपालसँग कुरा गर्दै उनले प्रश्न गरे, ‘सभामुखले एमसीसी पास नहोस भनेर संसदमा पेश नगर्या कि पास हुन्छ भनेर डराएर पेश नगर्या ?’

अमेरिकासँग एमसीसी सम्झौता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेला भएकाले र सभामुख सापकोटा पनि प्रचण्डकै आदेश पालक भएकाले सापकोटाले एमसीसी पास गर्न नदिने संसदमा पेश नगरेको भन्ने कतिपयको व्याख्या गलत भएको तर्क गर्दै कँडेलले संसदमा पेश गर्दा एमसीसी पास नहोला कि भन्ने डरले पेश नगरिएको तर्क गरे । 

Advertisement

उनले भने, ‘अहिले सत्ता पक्ष अर्थात प्रधानमन्त्री केपी ओलीको के भनाई छ भने संसदमा एमसीसी सम्झौता अबिलम्ब पेश हुनुपर्छ । यसले दुई वटा अर्थ लाग्छ । एउटा पेश गरौं भन्ने मात्रै अर्थ लाग्छ । अर्को पेश गरेर पारित पनि गर्ने भन्ने अर्थ लाग्छ । प्रधानमन्त्री केपी ओलीले एमसीसी प्रस्ताव पेश गरेर पास गर्छु भन्न कसरी सक्नुहुन्छ ? जबकी उहाँसँग बहुमत पुग्ने अवस्था नै छैन् ।’ 

एमसीसी पेश गर्दा विरोध गर्दै आएका भीम रावललहरू (एमालेका माधव नेपाल पक्षधर नेताहरू)ले ह्वीप उल्लङघन गर्ने भएकाले पनि एमसीसी पास हुने संभावना कम थियो भन्दै कँडेलले पेश गरेको भए को कता लाग्थ्यो ? को देशभक्त रहेछ ? जनताले चिन्ने मौका पाउँथे भने । 

एमसीसीको विरोध गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात तल झारेको भिडियो भाइरल भएकाले संसदमा उनी र उनी पक्षधरहरू कसरी प्रस्तुत हुन्थे, एमसीसीको विरोध र समर्थन गर्नेहरू अन्तिम समयमा देशको पक्षमा उभ्भिन्थे वा एमसीसीको पक्षमा ? जनताले प्रत्यक्ष देख्न पाउँथे भन्दै कँडेलले सभामुख सापकोटाले त्यो कुरालाई बन्चित गरेको बताए । 

उनले भने, ‘कम्तिमा संसदमा भोटिङ भएको भए दुधको दुध, पानीको पानी हुन्थ्यो । पास हुने संभावना त थिएन् । तर पनि प्रधानमन्त्री र सरकारले पनि एउटा निकास पाउँथ्यो । तर पनि नेपालका कुन कुन राजनीति दल र तिनका नेता एमसीसी विरोधी छन्, जब यो संसदमा पेश भएपछि थाहा हन्थ्यो । तर अहिलेलाई संसद अधिवेशन नै अन्त्य भएको छ ।’ 

एमसीसीको पक्षमा नेपाली जनता छैनन भन्न पनि संसदमा लगेर फेल गरेको भए ठिक हुन्थ्यो भन्दै कँडेलले एमसीसी पास हुने र फेल हुने कुराले कतिपय पार्टी र नेताको राजनीतिक भविश्य नै समाप्त हुने, कतिपय जनतामाझ लोकप्रिय हुने अवस्था समेत सिर्जना हुनेथियो भने । 

साथै उनले एमसीसी पेश गरेर फेल भएको भए प्रधानमन्त्री र सरकारले समेत संसदमा पेश गरेको थियौं तर पास भएन भन्न पाइन्थ्यो भन्दै अब संसदको संसद अधिवेशनमा यसलाई टुङ्ग्याउनुपर्ने बताए । 

Advertisement

Advertisement